तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा वराहक्षेत्र मन्दिरको अवलोकन

सुनसरी । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्र मन्दिरको दर्शन अवलोकन गर्नुभएको छ ।

माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा राष्ट्रपति भण्डारीले नेपालका चार धाम मध्ये सुनसरीको वराहक्षेत्रको दर्शन एवं अवलोकन गर्नुभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

प्रजिअ यादवका अनुसार राष्ट्रपति मेलाको अवलोकन, वराहक्षेत्र मन्दिरमा विशेष पूजा लगायत अन्य धार्मिक कार्यक्रममा सहभागी हुनुभयो ।

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की लगायत नगरका जनप्रतिनिधिले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button