तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिको युगको थालनी गर्ने सङ्कल्पका साथ अघि बढेको छु : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सामाजिक न्याय, सुशासन र समृद्धिको युगको थालनी गर्ने सङ्कल्पका लिएर आफू अघि बढेको बताउनु भएको छ । 

नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाइसीएल नेपालको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधनका गर्दै प्रधानमन्त्री प्रचण्डले यस पटक इतिहासमा आफूलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको यसलाई युवाको सहभागिताबाट मात्रै पुरा गर्न सकिने बताउनुभयो । 

संसदबाट असाधारण र अद्भुत रुपमा विश्वासको मत प्राप्त गरेको भएपनि अप्ठ्यारा र चुनौती धेरै रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई चिर्दै अगाडी बढ्नु आवश्यक रहेको पनि बताउनुभयो ।  

माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले पार्टीलाई व्यापक रुपमा विस्तार गर्न जरुरी रहेको भन्दै वाइसीएलले पनि सङ्गठन सुदृढ र विस्तार गरेर योजनाबद्ध रुपामा पार्टीलाई विस्तर गर्न लाग्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button