काँग्रेसले सरकारलाई विश्वासको मत दिन्छ : सभापति देउवा
काँग्रेस प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने र संघीय संसदमा प्रमुख विपक्षी दलको रुपमा भूमिका निर्वाह गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न राख्नु भएको प्रस्ताव माथिको छलफलका क्रममा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र मुलुकको चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै प्रस्तावको पक्षमा नेपाली काँग्रेस मतदान गर्ने बताउनुभयो ।
उहाँले नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने र संघीय संसदमा प्रमुख विपक्षी दलको रुपमा भूमिका निर्वाह गर्ने पनि बताउनुभयो
नेपाली काँग्रेसको संसदीय दलको नेता समेत रहनु भएका सभापति देउवाले सरकारका काम कारबाहीहरूको सूक्ष्म रूपले मूल्याकंन गरि गुण र दोषका आधारमा विश्लेषण गरि आफ्नो धारणा बनाउने र सोही आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्ने पनि स्पष्ट पार्नु भयो ।







प्रतिक्रिया राख्नुहोस्