कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मङ्गलबार बिहान ११ः३० मा सो बैठक बस्न लागेको हो ।
सरकारको समर्थन गर्ने, नगर्ने एवम् समसामयिक राजनीतिक विषयमा अहिले कांग्रेसका पदाधिकारीबीच अनौपचारिक छलफल भइरहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने कार्यक्रम दिउसो १ बजेको लागि तय भइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्