तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज–कोहलपुर सडकखण्ड सुचारु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्ड सुचारु भएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका थिए ।  

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज-कोहलपुर सडकखण्ड अवरुद्ध भएको थियो । हिजो पनि दिनभर सडक अवरुद्ध पारिएको थियो । अहिले पीडित पक्षसँग जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घतीले बताउनुभयो । आन्दोलनरत पक्ष आन्दोलन रोकेर वार्तामा बसेको हो ।

घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिहरेका १८ बर्षीय तेजन भन्ने टेन्सन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button