तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानको आर्थिक अवस्थामा सुधार नभएसम्म देशको विकास हुँदैन’

बारा । साना किसान कृषि सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा बाराको डुमरबानामा सम्पन्न भएको छ ।

साधारण सभाको समापन कार्यक्रममा नेपाल सरकारका सङ्घीय मन्त्री ज्वाला कुमारी साहले किसानको आर्थिक अवस्थामा सुधार नभएसम्म देशको विकास नहुने बताउनुभयो । उहाँले अहिले पनि नेपालका अधिकांश जनता कृषि पेसामा आबद्ध रहेको बताउनुभयो । किसानले अझै पनि उन्नत जातको बीउ, मल र वैज्ञानिक ढङ्गले खेतीपाती गर्ने तरिकाको अभावमा सास्ती खेप्नु परिरहेको उहाँको भनाइ छ ।

संस्थाले आर्थिक वर्ष २०७८।०७९ मा करिब ९ हजार शेयर सदस्यबिच १ अर्ब ६८ करोड ३२ लाख ५० हजारको कारोबार गरेको छ । वि.स. २०५३ साल चैत्र ४ गते स्थापना भएको संस्थाले ६ वटा सेवा केन्द्रबाट कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button