तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौँ सुम्हात्लुङ म्याराथनको उपाधि धरानका तामाङलाई

पाँचथर । पाँचथरको फिदिममा सम्पन्न पाँचौँ सुम्हात्लुङ म्याराथनको उपाधि धरानका प्रशान्त तामाङले हात पारेका छन् । 

बिहीबार सम्पन्न मिनि म्याराथनमा निर्धारित ९.५ किलोमिटरको दुरी २९ मिनेट ४० सेकेन्डमा पुरा गर्दै तामाङले उपाधि चुमेका हुन् । 

म्याराथनमा ताप्लेजुङका रमेश लिम्बु दोस्रो,पाँचथर हिलिहाङका दिपक सुहाङ तेस्रो भएका छन् । विजेतालाई नगद ३० हजार रुपैयाँ, दोस्रोलाई नगद २० हजार रुपैयाँ, तेस्रोलाई नगद १० हजार रुपैयाँ र १० जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । म्याराथनमा महिला र पुरुष गरी ६० जनाको सहभागी रहेको थियो । 

फिदिम नगरपालिका – ४ सुम्हात्लुङ गढी बाट आहालगैरी, जोरसाल, बसपार्क, शनिबारे, हुलाकलाइन ,जिल्ला प्रहरी कार्यालय हुँदै सुम्हात्लुङ सम्म ९.५ किलोमिटरको दुरी तय भएको थियो । 

फिदिममा भइरहेको चासोक मेलाको अवसरमा म्याराथनको आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button