१ लाख ४२ हजार नक्कली रुपैयाँ र बाघको हड्डीसहित पाँच जना पक्राउ
धनगढी । कैलालीमा प्रहरीले एक लाख ४२ हजार नक्कली रुपैयाँ, बाघको हड्डी र जडीबुटीसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सुराकी पाएर खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका १३ स्थित एक घरमा लुकाइछिपाई राखेको अवस्थामा नेपाली रुपैयाँ एक हजार दरका एक सय ३८ थान र बसपार्कबाट ४ थान नक्कली नोटसहित गरि एक लाख ४२ हजार नक्कली रुपैयाँ, पाँच सय ३० ग्राम बाघको हड्डी, जडीबुटी, चेक लगायतका सामाग्री बरामद गरेको हो ।
ती सामाग्रीसहित कैलालीका लालबहादुर साउद, दार्चुलाका लिलाधर मिश्र, डोटीका करणसिंह धामी, मोहनसिंह बोहरा र टेकेन्द्र धामीलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्