जनकपुरधामका होटल र धर्मशाला भरिभराउ
जनकपुरधाम । विगत केही दिन यता जनकपुरधाममा धार्मिक यात्रामा आउने पर्यटकको सङ्ख्यामा व्यापक मात्रामा वृद्धि भएको छ । अहिले जनकपुरधामको होटल, धर्मशाला तथा यात्री निकास भारतीय तीर्थयात्रीले भरिएका छन् ।

भारतीय पर्यटकको रोजाइमा गोपाल धर्मशाला, पगलाबाबा धर्मशाला, रौनियार सेवा सदन लगायत पर्ने गरेका छन् । धर्मशाला नपाए मात्र भारतीय तीर्थयात्री होटल तथा लजमा बस्ने गरेका छन् । भारतीय पर्यटक आफ्नो बसबाट आउने र धर्मशालामा बसी आफैँले पकाएर खाने गरेका छन् ।
केही सम्पन्न पर्यटकहरू ठूला होटलमा बसी दैनिक रुपमा हजारौँ रुपैयाँ खर्च गर्ने गर्दछन् । तर, त्यस्ता पर्यटकको सङ्ख्या ज्यादै थोरै भएको होटल व्यवसायीहरूको भनाइ छ ।
भारतको उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, गुजरात, दिल्ली तथा विहारका पर्यटकहरू बढी मात्रामा आउने गरेको जनकपुरधामका गोपाल धर्मशालाका म्यानेजर राजकुमार झाले जानकारी दिनुभयो ।
गत दुई वर्षमा कोरोना महामारीका कारण भारतीय पर्यटकको आगमन व्यापक मात्रामा कम भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्