बाँकेमा पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु
नेपालगञ्ज । बाँकेको कोहलपुरमा गएराति पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा १ ञ २४३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ की उषा गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिएर भागेको भ्यानलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्