नागरिकमैत्री प्रहरी सेवा प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन
सुनसरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा नागरिक मैत्री प्रहरी सेवा प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन भएको छ ।

आज प्रहरी उपरीक्षक नविनराज राईको प्रमुख आतिथ्यतामा “प्रहरी कार्यालयमा नागरिक सेवा प्रवाह प्रभावकारी बनाउनेसम्बन्धी अनुशिक्षण प्रशिक्षक प्रशिक्षण तालिम”को उद्घाटन भएको हो ।
तीन दिने उक्त तालिममा प्रहरी नायव निरीक्षक ४ जना र प्रहरी सहायक निरीक्षक ३७ जना समेत गरी ४१ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।
नेपाल प्रहरीको कार्ययोजना अनुसार कार्य सम्पादन सम्झौता बमोजिम प्रहरी कार्यालयहरूको सेवा नागरिकमैत्री बनाउने उद्देश्यअनुरूप उक्त अनुशिक्षण तालिम प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्