तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा हिरोइन सहित दुई भारतीय पक्राउ

धनगढी । कैलालीमा प्रहरीले लागू औषध खैरो हिरोइन सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  

कैलारी गाउँपालिका ७ बसन्ताबाट खैरो हिरोइन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीबेलापुरका शेर सिंह र समिरा सिंह रहेको प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले बताउनुभयो । उनीहरूबाट लागू औषध ३४ ग्राम ५१० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको उहाँले बताउनुभयो । 

सीमावर्ती भारतीय बजारबाट नेपाल आउँदै गरेको विशेष सूचना पाएर खटिएको प्रहरी टोलीले बसन्तामा चेकजाँच गर्दा भारतीय युपी ३१ बी ८०९१ नं को मोटरसाइकलको डिक्कि भित्र लुकाई राखेको अवस्थामा हिरोइन बरामद गरेको बताइएको छ । उनीहरुलाई प्रहरीको अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको संयुक्त प्रहरीले टोलीले नियन्त्रणमा लिएको हो । दुवै जनामाथि कानुन कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button