तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ।

जापानिज युनिभर्सिटी आल्मुनाइ एसोसिएसन नेपाल (जुवान) द्वारा शनिबार ललितपुरमा आयोजित ‘जापान: विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्नुहुँदै उहाँले नेपालमा लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको सङ्केत देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र तथा अहिलेको बहुदलीय प्रतिस्पर्धामा दलको विकल्प हुँदैन। स्वतन्त्र प्रतिको आकर्षण बढ्नु राम्रो सङ्केत होइन।‘

अध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था जोगाउने दायित्व राजनीतिक दलसँगै बौद्धिक समुदायको पनि भएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जापानमा उच्च शिक्षा हासिल गरेर नेपाल आउनुभएका सबैलाई उच्च सफलताको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोगका लागि आभार व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button