तपाईँ सुन्दै हुनुहुन्छः

झापा–५ बाट एमाले अध्यक्ष ओली विजयी

झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । 

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५२३१९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३७४३ मत ल्याउनुभएको छ । 

अध्यक्ष ओली योसँगै छ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसक्नुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button