तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका खतिवडा विजयी

ओखलढुङ्गा । ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् ।

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

खतिवडाले ३३५५६ र सुनुवारले २६७३८ मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए ।

ओखलढुङ्गाका २ प्रदेशसभामा समेत काङ्ग्रेस-माओवादीका साझा उम्मेदवार विजयी भएका छन् । १ मा कांग्रेसका प्रदीप सुनुवार र २ मा माओवादीका बाबुराम गौतमले चुनाव जितेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button