ललितपुर–१ प्रदेशसभा (२) मा कांग्रेसका मीनकृष्ण विजयी
ललितपुर । ललितपुर–१ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का चेतनाथ सन्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार तीन सय ७८ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सन्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्