बारामा ६७ प्रतिशत मतदान
बारा । बारामा करिब ६७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

कुल ४ लाख ३३ हजार ५ सय ४ मतदातामध्ये २ लाख ८९ हजार ८ सय ४१ मत खसेको निर्वाचन कार्यालय बाराले जनाएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी सरोजकुमार चौधरीले बताउनुभयो ।

मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकाले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मतगणना सुरु हुने उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्