तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ६५ प्रतिशत मतदान

बारा । बारामा ६५ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहान ७ बजेदेखि शुरु भएको निर्वाचन बेलुका ५ बजे सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले बताउनुभयो ।

जिल्लामा निष्पक्ष, धाँधलीरहित एवम् शान्तिपूर्ण रुपमा निर्वाचन भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो ।

जम्मा ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता रहेकोमा पुरुष २ लाख ३६ हजार ८ सय ८०, महिला १ लाख ९६ हजार ६ सय १२ र अन्य १२ जना रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, म्यादी प्रहरी गरि ६ हजार सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button