तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ५३ प्रतिशत  मत खस्यो 

सल्यान । सल्यानमा ५३ दशमलव  २७ प्रतिशत  मत खसेको छ । मुख्य  निर्वाचन अधिकृतको कार्यालयका अनुसार  पुरुष  ४० हजार २१ र महिला  ४४ हजार  १ गरि ८४  हजार  २२ मत खसेको छ । 

एक प्रतिनिधि र २ प्रदेश  सभा  रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । प्रदेश  सभा (क) मा ७८ हजार  ६ सय ६८ र प्रदेश  सभा  (ख) मा ७९ हजार  ३३ मतदाता रहेका छन् । 

२०२ मतदान केन्द्र  रहेको  सल्यानमा  मतदान सकिए सँगै  मत पेटिका सदरमुकाम  ल्याउने  तयारी  भई  रहेको मुख्य  निर्वाचन अधिकृत गिरिराज  गौतमले जानकारी  दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button