तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा करिब ५५ प्रतिशत मत खस्यो

अछाम । दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो ।

जिल्लाको क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उहाँले बताउनु भयो ।

जिल्लामा क्षेत्र नम्बर  १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए । यसैगरी क्षेत्र नम्बर २ मा ३९ हजार २६३ पुरुष, ४० हजार ३६३ महिला र अन्य १ गरि ७९ हजार ६२७ जना मतदाता रहेका थिए । जिल्लाभर ७७ हजार ३९० पुरुष, ८१ हजार २५६ महिला र अन्य २ गरी १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन् ।

कुनै मतदान केन्द्रमा ६०/६५ प्रतिशत तथा कुनैमा ५० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृत शर्माले बताउनु भयो । अहिले कर्मचारी मतपेटिका शील गरि मतदान अधिकृतको कार्यालयमा फर्किने क्रममा रहेका छन् ।

आफ्नो मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सकिएको र अब फर्किने क्रममा रहेको अछाम क्षेत्र नम्बर २ मा रहेको गंगा मावि मतदान केन्द्रका मतदान अधिकृत भीम बहादुर सिंहले जानकारी दिनुभयो ।

९२३ मतदाता सङ्ख्या रहेको उक्त केन्द्रमा ३ सय पाँच महिला, १ सय ९३ पुरुष गरी ४ सय ९८ मतदान भएको उहाँको भनाइ छ । जुन ५३.९५ प्रतिशत रहेको  मतदान अधिकृत सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button