तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा ४५ प्रतिशत मत खस्यो

धनकुटा । धनकुटामा दिउँसो ३ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठका अनुसार दिउँसो ३ः३० बजेसम्म ४५ प्रतिशत मतदान भएको हो । धनकुटामा १ सय १९ वटा मतदानस्थलमा १ सय ६२ वटा मतदान केन्द्र रहेका छन् । त्यो बाहेक धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र थपिएका छन्।

धनकुटामा प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । धनकुटामा कुल १ लाख १६ हजार ९९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा यस पटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button