तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको घिरिङमा मतदान सुरू, पक्राउ परेका एमाले कार्यकर्ता छाड्ने सहमति

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-१ मा प्रहरीले पक्राउ गरेका दुईजना एमाले कार्यकर्तालाई रिहा गर्ने सहमति पछि घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि केन्द्रमा मतदान सुरु भएको छ ।

त्यहाँ साढे ९ बजेपछि मात्र मतदान सुरु भएको हो ।हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा एमालेले मतदान सुरु गर्न दिएको थिएन् ।

पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि भने मतदान सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button