लुम्बिनी प्रदेशमा साढे ३२ लाख मतदाता, कुन क्षेत्रमा कति (सूचीसहित)

रुपन्देही । निर्वाचनको लागि मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी पूरा गरेको छ ।
राजनीतिक दलहरूले उम्मेदवारसहित मत माग्ने समयावधि सकिएको छ । प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा मङ्सिर ४ गते हुने निर्वाचनमा लुम्बिनीबाट करिब साढे ३२ लाख मतदाताले मतदान गर्न पाउने छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।
धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सङ्घतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् भने सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची सङ्घतर्फ एक÷एक वटा र प्रदेशतर्फ दुई/दुई वटा रहेका छन् ।
निर्वाचन आयोगले निर्वाचन पूरा गर्नका लागि प्रदेशभर कुल मतदानस्थल १६४९ र मतदान केन्द्र ३८६१ तय गरेको छ ।
स्थानीय तह चुनावमा करिब ७० प्रतिशत मत खसेको आधारमा अहिले करिब २२ लाख मत खस्ने अनुमान आयोगको रहेको छ ।
कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?
रुपन्देही
१ (क) ७२,२११
१ (ख) ६७,३४९
२ (क) ६३,५०३
२ (ख) ६३,३०४
३ (क) ६५,५१३
३ (ख) ६७,२७८
४ (क) ५३,३८९
४ (ख) ५७,२७०
५ (क) ७४,६५९
५ (ख) ५४,४७६
बाँके
१ (क) ५५,८४५
१ (ख) ६५,२५५
२ (क) ५०३१३
२ (ख) ४७,४९६
३ (क) ६१,५९६
३ (ख) ५१,७२६
दाङ
१ (क) ७०,२६७
१ (ख) ६४,४६६
२ (क) ६३,३२२
२ (ख) ७०,४२६
३ (क) ६६,४८६
३ (ख) ७९,९८९
कुल ४,१४,८५६
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१ (क) ६५,११६
१ (ख) ५३,१३४
२ (क) ६६,५०२
२ (ख) ५६,१७८
बर्दिया
१ (क) ८१,९१९
१ (ख) ८०,७४३
२ (क) ८१,६६१
२ (ख) ७०,९६१
गुल्मी
१ (क) ५७,५७९
१ (ख) ६१,७०९
२ (क) ५१,९०४
२(ख) ५२,४२३
पाल्पा
१ (क) ४९,२५१
१(ख) ४६,७८२
२ (क) ५६,१२०
२ (ख) ४९,१७३
कपिलवस्तु
१ (क) ७९,४५३
१ (ख) ६१,५६०
२ (क) ६४,५१७
२ (ख) ५७,१५९
३ (क) ६१,०५८
३ (ख) ५४,४८५
अर्घाखाँची
१ (क) ७८,२८६
१ (ख) ८६,४८२
रुकुम पूर्व
१ (क) १७,७७७
१ (ख) १६,३३५
रोल्पा
१ (क) ६८१६४
१ (ख) ७७,३०७
प्युठान
१ (क) ७४,६६३
१ (ख) ८५,०९७







प्रतिक्रिया राख्नुहोस्