तपाईँ सुन्दै हुनुहुन्छः

भोलि गृहजिल्ला डडेल्धुरा पुग्दै प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बुधबार) गृहजिल्ला आउने हुनुभएको छ । भोलि डडेल्धुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा भोलि बिहान गृहजिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ ।

यसअघि कात्तिक १७ गते गृहजिल्ला पुग्नुभएका देउवा चार दिन बस्नुभएको थियो । सो क्रममा उहाँले सात पालिकाका सातवटा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार रहनुभएको छ । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button