तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा मतदान अधिकृतहरूलाई तालिम प्रदान

पाँचथर । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागी खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पाँचथरमा तालिम दिइएको छ ।

पाँचथर बहुमुखी क्याम्पसको हलमा दिइएको तालिममा १ सय ७७ मतदान अधिकृत र १ सय ७७ सहायक मतदान अधिकृत गरी ३ सय ५४ जनाको सहभागिता रहेको थियो । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई तालिम दिएको हो ।

जिल्लाका १ सय ३ मतदान स्थलका १ सय ७७ वटा मतदान केन्द्रमा तालिम प्राप्त अधिकृत खटिने जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहाल, प्रमुख जिल्ला अधिकारी गणेश गैर, जिल्ला न्यायाधिवक्ता रिद्दी निरौला र जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button