गोरखामा मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन सुरु

गोरखा । जल्ला निर्वाचन कार्यालय गोरखाले निर्वाचनमा खटिएर जाने ९२ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरेको छ ।
तालिमको आज पहिलो दिन १ सय८४ जना सहभागी भएका जिल्ला निर्वाचन कार्यालय गोरखाका नायव सुब्बा रविलाल सुवेदीले बताउनुभयो ।
चुमनुब्री र धार्चे क्षेत्रमा खटिएर जाने निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई पहिलो चरणमा तालिम प्रदान गरिएको हो ।
तालिमको प्रमुख निर्वाचन अधिकारी गोरखा जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माले उद्घाटन गर्नुभयो ।
तालिम कात्तिक २६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले बताउनुभयो ।
तालिम गोरखा क्याम्पस गोरखाको सभाहलमा चलिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्