भू–उपयोग नीति कार्यान्वयन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुनसरी । सुनसरीको गढी गाउँपालिकामा भू–उपयोग नीति कार्यान्वयन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गढी गाउँपालिकाको आयोजनामा भू–उपयोग नीतिका बारेमा सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपाने जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष आशनारायण चौधरीले भू उपयोग नीति आवश्यक रहेकोले त्यसको कार्यान्वयनमा जोड दिन अन्तरक्रिया गरिएको बताउनुभयो ।
गाउँपालिकाले सरकारको नीति तथा कार्यक्रमलाई जहिले पनि साकार पार्ने पक्षमा रहेको समेत बताउनुभयो । चौधरीका अनुसार भू उपयोग ऐन २०७६ र नियमावली २०७९ जारी भएकाले सोही अनुसार गाउँपालिकाले पनि कार्यान्वयनमा ल्याउने बताउनुभयो ।
कार्यक्रममा नापी विभागका अधिकृत विकास कुमार कर्ण र जिल्ला नापी कार्यालय प्रमुख सहित अधिकृत लगायतकाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साह, गढी गाउँपालिका १ नं.वडा अध्यक्ष प्रदीप चौधरी , गढी २ का वडा अध्यक्ष प्रभाकर माझी, गढी ३ का वडा अध्यक्ष कुशेश्वर यादव, वडा नं.४ का पूर्व वडा अध्यक्ष रामचन्द्र महतो, लेखा अधिकृत दिल बहादुर खड्का , लेखापाल बाबुराम पौडेलसहित ६० बढी सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिएको जानकारी अनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र सहित १० क्षेत्रमा विभाजन गरिएको छ ।
भौगोलिक अवस्था, भूमिको क्षमता एवम् आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भू–उपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्नुपर्ने भनिएकाले सोही अनुसार गढीले प्रक्रिया अगाडि बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्