तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाका उम्मेदवार सवार गाडी दुर्घटना

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार गाडी पश्चिम सुर्खेतको चौकुनेमा दुर्घटनामा परेको छ । 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनाव प्रचारका लागि लगामदेखि धनरास जाने क्रममा जिल्लाको चौकुने गाउँपालिका–१, गैलुको मोडमा आज बिहान राप्रपा उम्मेदवर सवार भे१च–२८०५ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । 

गाडीमा सवार सबै जना सकुशल रहेको राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीले जानकारी दिनुभयो ।सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा ‘ख’ का उम्मेदवार कर्णबहादुर रेगामी मगर, समानुपातिक उम्मेदवार हरिकला तारामी मगर, राप्रपा जिल्ला कमिटी सदस्य पूर्णबहादुर सुनाखरी, राप्रपा पञ्चपुरी नगरपालिकाका अध्यक्ष शिवराज जैसी, राप्रपा चौकुने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धमाला र विमला शाही सवार रहेको उहाँले बताउनुभयो । 

अस्थायी प्रहरी पोष्ट लगामका अनुसार उकालो चढ्न नसकेर दुर्घटनामा परेको गाडीमा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button