तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनको राजधानीमा विद्युत् सेवा पूर्ण रूपमा बन्द हुने अवस्था

काठमाडौं। युक्रेनको राजधानी कियभका मेयरले सहरमा विद्युत् सेवा पूर्ण रूपमा बन्द हुने अवस्थामा रहेकाले नागरिकहरुलाई अन्यत्र स्थानानतरण गर्नुको विकल्प नरहेको बताउनु भएको छ । 

रुसले युक्रेनको विजुली र पानी जस्ता अत्यावश्यक पूर्वाधारहरूमा आक्रमण गरे पछि दसौँ लाख युक्रेनी जनताले चरम अभाव खेपी रहेका छन् । 

रुसी आक्रमणका कारण युक्रेनको ४० प्रतिशत विद्युत् पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त भएको बिबिसीले उल्लेख गरेको छ । 

कियभका मेयर भिटाली क्लिट्स्कोले अत्यावश्यक पूर्वाधार माथि भएको रुसी आक्रमणलाई आतङ्कवाद र नरसंहारको संज्ञा दिनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button