तपाईँ सुन्दै हुनुहुन्छः

जसपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

जसपाले चुनावी घोषणापत्रमार्फत नेपालमा बहुमतको सरकार र अल्पमतको विपक्षको परम्परागत लोकतन्त्रको मान्यता असफल भइसकेको भन्दै समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको शासकीय स्वरूपमार्फत राजनीतिक स्थायित्व कायम गर्ने कुरामा जोड दिएको छ ।

जसपाले पहिचानसहितको सङ्घीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज एवं साझेदारी समृद्धिको जनआकाङ्क्षालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यस्तै, देशमा तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, प्राकृतिक स्रोतको दिगोपन तथा पर्यावरणीय सन्तुलन र मानवीय खुसीको चार–आयामिक विकास नीति अनुसरण गरिने जनाएको छ ।

जसपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button