तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

बैतडी I प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

 सार्वजनिक खेलतालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ । प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन् ।

कैलालीको फाप्ला मैदानमा समूह ‘ए’ का र कञ्चनपुरको कभर्डहल मैदानमा समूह बी का खेल सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । आज कञ्चनपुर र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्पर्धा गर्नेछन् । 

कात्तिक १ गते दार्चुला र डोटी तथा बैतडी र बझाङ, २ गते अछाम र डोटी तथा बैतडी र कैलालीबिच भिडन्त हुनेछ । कात्तिक ३ गते कञ्चनपुर र दार्चुला तथा डडेलधुरा र बझाङ भिड्दा कात्तिक ४ गते अछाम र दार्चुला तथा बैतडी र डडेल्धुरा  खेल्नेछन् । कात्तिक ५ गते कञ्चनपुर र अछाम तथा डडेलधुरा र कैलाली आमनेसामने हुने जनाइएको छ । 

दुवै समूहबाट शीर्ष स्थानमा रहने एक एक टोली कात्तिक ६ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा  प्रदेशको टोली छनोट गरिनेछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुदैछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button