लार्के पासमा दुई गाइड मृत भेटिए
गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका १ स्थित लार्के पासमा घुम्न गएका ट्रेकिङ गाइड मृत भेटिएका छन् ।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङसामु गाउँपालिका १ का ३८ वर्षीय पुछोतर शेर्पा असोज २२ गतेदेखि बेपत्ता भएका थिए । बेपत्ता शेर्पाको मङ्गलवार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
हिमालयन ट्रेक नामक कम्पनीबाट दुई जना फ्रान्सेली नागरिकसहित उनी र पोटर फुर्वा लामा सँगै गएका थिए ।
फुर्वा लामाले शेर्पा बेपत्ता भएकोबारे चुमनुब्री गाउँपालिका १ सामागाउँ प्रहरीलाई खबर गरेका हुन् । सँगै गएका पर्यटक भने मनाङतर्फ गएका छन् । बेपत्ताको खोजी भइरहेको थियो ।
मङ्गलवार मृत अवस्थामा भेटिएपछि एभरेष्ट एयरको हेलिकप्टरले शव पोष्टमार्टमका लागि काठमाडौँ लगेको डिएसपी लामिछानेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्