सूचनाको हकसम्बन्धी उत्कृष्ट काम गर्ने कर्मचारी र अभियन्ता पुरस्कृत

काठमाडौँ । सूचनाको माग र प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याउने अभियन्ता, सार्वजनिक निकायका सूचना अधिकारी र उत्कृष्ट कर्मचारीलाई सूचना आयोगले पुरस्कृत गरेको छ ।
आयोगले सूचनाको माग गरी सुशासनमा योगदान पुर्याएका पाँच अभियन्ता, सूचना प्रवाह गर्ने पाँच सूचना अधिकारी र उत्कृष्ट कार्यसम्पादन गर्ने तीन कर्मचारीहरूलाई पुरस्कृत गरेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको हातबार आयोगले उहाँहरुलाई पुरस्कारसहित कदर पत्रले सम्मानित गरेको हो ।
आयोगमा रही उत्कृष्ट काम गरे बापत पुरस्कृत हुनेहरुमा उपसचिव विश्वबन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायव सुब्बा हेमन्त रिजाल हुनुहुन्छ ।
उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पुरस्कृत हुनेमा सूचना अधिकारीहरू इन्जिनियर निर्मल लामा, सूचना प्रविधि अधिकृत छैटौँ कमलामाई नपा सिन्धुली, दुर्गा प्रसाद आचार्य, नायव सुब्बा, जिल्ला समन्वय समिति, वाग्लुङ, राजु अर्याल, अधिकृत छैटौँ यातायात व्यवस्था सेवा कार्यालय, हेटौडा, र सत्य नारायण हुजदार अधिकृत छैटौँ चौदण्डीगढी, नपा,उदयपुर, गोकर्णराज वाग्ले, वरिष्ठ अधिकृत, व्यास नगरपालिका दमौली, तनहुँ रहनु भएको छ ।
त्यस्तै उत्कृष्ट अभियन्ता पुरस्कारबाट विनय कसज़ु, उमीद प्रसाद वागचन्द, दुर्गा आर्चाय कैलाश माझी, मनोज रौनियार पुरस्कृत हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्