अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

चितवन । अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्र किलोको पहिरो हटाएपछि उक्त सडक खण्ड खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार राती देखि परेको अविरल बर्षाका कारण उक्त स्थानमा पहिरो गएको थियो । बिहान ८ जेर २० मिनेटमा गएको पहिरो ११ बजेर ५ मिनेटमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो खुलेपछि जाममा फसेका सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।








प्रतिक्रिया राख्नुहोस्