तपाईँ सुन्दै हुनुहुन्छः

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


दार्चुला । महाकाली नगरपालिका –४ तिंकर खेडा बस्ने प्रेमसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेमसिंहसहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उहाँको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button