विधायन व्यवस्थापन समितिको वार्षिक कार्य योजनाका सम्बन्धमा छलफल
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले समितिको वार्षिक कार्य योजनाका सम्बन्धमा छलफल गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले जारी विधेयकको कार्यान्वयनको अवस्थाका सम्बन्धमा अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा सांसदहरूले विधेयक निमार्णको प्रक्रियाका सम्बन्धमा प्रदेश सरकारसँग छलफल गर्नुपर्ने बताउनुभयो ।
समितिका सभापति डा.बेदुराम भुसालले विधेयक निर्माणका आधुनिक सिद्धान्तका बारेमा अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्