तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति सीद्वारा भूकम्प पीडितको उद्धारका लागि सबै प्रयत्न गर्न आग्रह

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्प पीडित र प्रभावितको उद्धार कार्यलाई पजिलो प्राथमिकताको रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले सोमबार उक्त निर्देशन दिनु भएको हो।

चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button