तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा नदीमा डुबेर दुई जना बेपत्ता

टीकापुर कैलाली । कैलालीमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का मोहन रानाका १० वर्षीय छोरा प्रिन्स राना र वडा नम्बर १९ खेदा गाउँका २७ वर्षीय रिसमान चौधरी आज दिउँसो मोहना नदीमा डुबेर बेपत्ता भएका हुन् । 

नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा उनीहरू दुवै जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

उनीहरू दुवै जनाको खोजी कार्य भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button