बिमा रकम रकम हस्तान्तरण

सुर्खेत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिएको समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनु भएका वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी हृदयराम ढकालका आफन्तलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ड खनाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसे, राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज बिसीले संयुक्तरुपमा स्व.ढकालकी श्रीमती सुस्मा ढकाललाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।
राष्ट्रिय बीमा कम्पनीले आज वीरेन्द्रनगरमा आयोजना गरेको बीमा रकम हस्तान्तरण कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी चालिसेले स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीका लागि आयोगले २० लाख रुपैयाँको दुर्घटना बीमा सम्झौता गरे अनुरुप आज कम्पनीले उक्त रकम स्व.ढकालका परिवारलाई हस्तान्तरण गरेको बताउनु भयो ।
गत वैशाख ३० गते वीरेन्द्रनगर नगरपालिका–३, स्थित हरि डिलभूमि माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिनु भएका सहायक मतदान अधिकृत ढकालको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्