तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय समितिका सदस्यहरुले नेपालले आफ्नो परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्ने बताउनुभएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरु ईश्वर पोखरेल, भीम रावल, सुरेन्द्र कुमार कार्की लगायतले अर्थ र परराष्ट्र नीतिमा नेपाल  प्रष्ट नभएका कारण विभिन्न समस्याहरू र उल्झनहरू आउने गरेको धारणा राख्नुभएको थियो । 

उहाँहरूले अझै पनि अपमान र असमान सन्धिमा नेपालीहरू झेलिएको भन्दै नेपालको परराष्ट्र नीतिमा सुधार र मौलिक नीतिमा परिवर्तन नल्याएसम्म नेपाल र नेपालीहरूले सधैँ दुख पाउने धारणा राख्नुभएको थियो । 

बैठकले भूतपूर्व सिंगापुर गोरखाहरूको मुद्दाका सम्बन्धमा परराष्ट्रमन्त्री र सम्बन्धित सरोकारवालालाई बोलाएर छलफल गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button