तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी सम्पत्ति हिनामिना हुन नदिन आवश्यक सजगता अपनाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ विकास समितिको नाममा रहेका जग्गा तथा भौतिक सम्पत्तिको संरक्षणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ । 

समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले हायात रिजेन्सीलगायत तारागाउँ विकास समितिको नाममा रहेका जग्गाको खोजी गरी व्यक्तिको नाममा गएको भए फिर्ता गर्ने प्रक्रिया समेत अगाडि बढाउन निर्देशन दिएको हो । 

समितिका सभापति पवित्रा निरौला (खरेल) ले सरकारी सम्पत्ति हिनामिना हुन नदिन आवश्यक सजगता अपनाउन पनि निर्देशन दिनुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले हायात रिजेन्सीको जग्गा फिर्ताको कानूनी प्रक्रियाबारेमा मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button