तपाईँ सुन्दै हुनुहुन्छः

राज्यको परिकल्पना पुरा गर्न इन्जिनियरहरू थप दक्ष र क्रियाशील हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरू राष्ट्र निर्माणका प्रवद्र्धक र विकास निर्माणका संवाहक भएको बताउनुभएको छ । 

नेपाल इन्जिसिनयर्स एशोसिएनद्वारा काठमाडौँमा आयोजित ६०औँ इन्जिनियरस् दिवसको अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा विकास पूर्वाधारको डिजाइन, निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन तथा देशको आर्थिक विकासलाई सहयोग पुर्‍याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि इन्जिनियरहरूको अतुलनीय भूमिका हुने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको भन्नुहुँदै आर्थिक समृद्धिको विकास कोर्न र जनताका आवश्यकता पुरा गर्न इन्जिनियरहरू व्यावसायिक तथा क्रियाशील हुनुपर्ने उल्लेख गर्नुभयो । 

इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले राष्ट्रका लागि उच्च योगदान पुर्‍याउने इन्जिनियरहरुलाई विभिन्न सात विधामा सम्मान समेत गर्नुभयो । 

कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिनियरहरूले विकास निर्माणमा कुनै पनि सम्झौता नगरी पेशागत मर्यादा कायम राख्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा, नेपाल इन्जिसिनयर्स एशोसिएनको स्मारिका समेत विमोचन गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button