तपाईँ सुन्दै हुनुहुन्छः

जयपृथ्वी नगरपालिकाद्वारा नदीजन्य पदार्थको उत्खननमा रोक

बझाङ । बझाङको सेती नदी र बाहुली खोलामा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ ।

जयपृथ्वी नगरपालिकाले उक्त नदीबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन तथा निकासीमा रोक लगाएको हो ।

साउन १ गतेदेखि लागु हुने गरी असोज मसान्त सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मराज जोशीले बताउनुभयो ।

नगर प्रमुख चेतराज बजालको निर्देशनमा सेती नदी र बाहुली खोलामा भइरहेको प्राकृतिक श्रोतको दोहन रोक्न सूचना जारी गरिएको अधिकृत जोशीले बताउनुभयो ।

सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको र सूचनाको अवज्ञा गरेमा कानुन अनुसार कारबाही हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button