फैसला भई फरार रहेका ७ जना पक्राउ
सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एकै दिन फरार रहेका ७ जनालाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दा लागेका ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा वैदेशिक रोजगार ठगी मुद्दाका १ जना , जुवा मुद्दाका १ , लुटपिट मुद्दाका २, गाली बेइज्जती मुद्दाका १, जालसाजी मुद्दाका १ जना र दुनियाँवादी फौजदारी विविध मुद्दाका १ जना गरी ७ जना फरार व्यक्तिहरूलाई आज पक्राउ गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्