तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य राज्यमन्त्री केसीद्वारा दाङका अस्पतालको अनुगमन 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले दाङका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेका छन् । स्वास्थ्य राज्य मन्त्री केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल र  प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य संस्थाको सुदृढीकरणका लागि पहल थाल्ने बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण पछि स्वास्थ्य राज्यमन्त्री केसीले प्रतिष्ठानलाई थप व्यवस्थित गर्ने र भरपर्दो स्वास्थ्य संस्थाको रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठान दाङको इज्जत प्रतिष्ठासँग जोडिएको विषय हो । प्रतिष्ठानका लागि केन्द्र सरकारबाट पूर्ण सहयोग हुन्छ । ’

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानको समग्र अवस्था र योजनाबारे जानकारी गराउनु भएको थियो । प्रतिष्ठानमा दैनिक छ सय बिरामीले उपचार सेवा लिने गरेको प्रतिष्ठानका निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button