तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीलाई प्रविधि चाहिएको छ: सांसद सिलवाल

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै उहाँले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गर्नुभयो । उहाँले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button