तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित

धनुषा। मधेस प्रदेश आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो ।

प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गर्नुभएको आर्थिक विधेयक, २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो । यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो ।

यही असार १ गते मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट पारित भएपछि प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button