तपाईँ सुन्दै हुनुहुन्छः

वर्षासँगै आएको पहिरोले रेशका ५ घर उच्च जोखिममा

बागलुङ । सोमबार रातिको वर्षासँगै आएको पहिरोले बागलुङको काँठेखोला गाउँपालिका–७ रेशका ५ घर जोखिममा परेका छन् ।

वर्षाले रेश ५ स्थित सम्मर बहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेम बहादुर जिसी र लोक बहादुर जिसीको घर उच्च जोखिममा परेको स्थानीय लिला बहादुर कार्कीले जानकारी दिनुभयो ।

ती मध्य सम्मर बहादुर र पूर्ण बहादुरको घर पूर्ण क्षति भएकाले छिमेकीको घरमा आश्रय लिएर बसेको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

सो स्थानका अन्य १४ घर समेत जोखिममा रहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button