तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी 

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा रहेको रोल्पा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

५० जना मात्र कैदीबन्दी राख्न मिल्ने  कारागारमा अहिले १ सय १२ जना कैदीबन्दी राखिएको छ  । 

३५ जना पुरुष र १५ जना महिलागरी जम्मा ५० कैदीबन्दी रहन सक्ने क्षमताको कारागारमा हाल १० जना  महिला र १ सय २ जना पुरुषसहित १ सय १२ जना कैदी बन्दी छन् । 

क्षमताभन्दा धेरै कैदीबन्दी कारागार हुँदा कैदीबन्दीलाई बस्ने समस्यादेखि सुरक्षामासमेत चुनौती थपिए जेलर विशाल खनालले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button