विपद् जोखिम न्युनिकरणका लागि सुसुचित पत्रकारिता आवश्यक : मुख्यमन्त्री शाही

जुम्ला ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले विपद् जोखिम न्युनिकरण तथा विपद् व्यवस्थापनका लागि सुसुचित पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।
विपद्का घटना भइसकेपछि सूचना दिने,त्रासपुर्ण समाचार सम्प्रेषण गर्ने भन्दा विपद् पुर्वतयारी तथा नागरिकलाई सचेत,सर्तक बनाउने खालकाे सुसुचित पत्रकारितामा जोड दिनु पर्ने उल्लेख गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र पत्रकार महासङ्घ कर्णाली प्रदेशद्दारा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यनिकरण, पुर्वतयारी र सडक सुरक्षा,राहत उद्धार र पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,”तर्साउने खालकाे पत्रकारिताले समाज त्रसित हुँदै छ । घटना घटिसकेपछि मात्रै समाचार लेख्ने संस्कार छ । हामीले पुर्वजानकारी,सूचना दिने सुसुचित पत्रकारिता गरे मात्रै भुईँचालो,प्राकृतिक प्रकोपबाट जनधनकाे क्षति रोक्न सकिन्छ । त्यसतर्फ कर्णालीको पत्रकारिता केन्द्रित हुनुपर्छ ।”कर्णाली सरकारले विपद् जोखिम न्युनिकरणकाे ठोस योजना बनाएर अघि बढेपनि गाउँमा बढ्दो डाेजर आतङ्कले विपद् निम्तिएको छ ।
मुख्यमन्त्री शाहीले थपे,” गाउँमा एक वडाध्यक्काे १ वटा डाेजर छ । वातावरण प्रभाव मूल्याङ्कन बिना सडक खनिएको छ। यसले गर्दा बाढि पहिरो आउने, पानीका मुहान सुक्ने लगायतका समस्या छन् । कर्णालीको पत्रकारिता अब त्यस्ता विषयमा सुसुचित गराउन आवश्यक छ ।”
सडक हाम्रो आवश्यकता हाे । डाेजर प्रयोग नगरी सडक बन्दैन । तर डाेजर प्रयोगको मापदण्ड के हाे ? त्यसले भविषयमा पार्ने प्रभाव के हाे ? यस्ता विषयमा सचेत बनाउन जरुरी छ । सकारात्मक दृष्टिकाेणबाट लेखन शैली बढाउनु पर्ने उहाँको जोड छ ।
त्यस्तै,आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले पत्रकारहरू सँगै कर्णालीका १७ लाख नागरिककाे खानेपानी,सिचाई,कृषि उत्पादन वृद्धिमा सरकारले जोड दिएको बताउनुभयो ।
मनसुन भित्रिए सँगै सतर्कता अपनाउन जरुरी छ । विपद् सबैको शत्रु हाे । तर मानव जीवनमा विपदकाे प्रतिकार आवश्यक छ । भविष्यमा आई पर्ने विपद् पूर्वतयारिका लागि जोड दिन जरुरी छ ।

उहाँले भन्नुभयो,”सन् २०३० सम्म विपद् पूर्वतयारीमा सक्षम र मजबुद हुने लक्ष्यका साथ विपद् परिषदबाट विभिन्न निर्णय पारित भएको छ । विपदबाट हुनेजनधनकाे क्षति न्युनिकरण गर्न विपद् पत्रकारितामा विशेष जोड दिनुपर्छ । विपद् पुर्वतयारि सतर्कताका लागि पत्रकार जगतकाे अमुल्य योगदान रहेको छ । “
नेपालको मुल कानुन संविधानमा प्रदेशलाई शान्ति अमन चयन कायम गर्ने जिम्मा दिएको छ । शान्ति प्रहरीले दिने हाे तर प्रहरी परिचालकाे अधिकार अझै सिंह दरबारमा छ । जसले गर्दा शान्ति सुरक्षा र विपद् प्रतिकार्य गर्न ठुलो चुनौती छ । विपद् व्यवस्थापन,जोखिम न्यनिकरणमा तालिम फलदायि हुने उल्लेख गर्नु भयो ।
पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष देविराम देवकाेटाले कर्णालीमा विट पत्रकारिताकाे अभाव रहेकाले सबै विषयमा गहिरिएर लेख्न नसिकएकाे बताए । विपदमा त्रास फैलाउने घटना भइसकेपछि मात्र लेख्ने भन्दा सुसुचित पत्रकारितामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।तालिममा कर्णाली प्रदेशका ७ जिल्लाका करिब ४० जना पत्रकार सहभागी छन् । तालिम असार २१ गते समापन हुने छ ।







प्रतिक्रिया राख्नुहोस्